दफा
प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रज्ञा प्रतिष्ठानको नीति तथा कार्यक्रम तर्जुमा गर्ने,
(ख) सङ्गीत तथा नाट्यकलाको सङ्कलन, संरक्षण, सम्वद्र्धन र अध्ययन, अनुसन्धान गर्ने,
(ग) सङ्गीत तथा नाट्य विधा सम्बन्धी अनुसन्धानात्मक तथा मौलिक कृति सिर्जना गर्ने तथा त्यस्ता कृति प्रकाशन गर्ने,
(घ) सङ्गीत तथा नाट्य विधामा उल्लेखनीय योगदान पु¥याउने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान र पुरस्कारको व्यवस्था गर्ने,
(ङ) सङ्गीत तथा नाट्य सम्बन्धी पुस्तकालय, सङ्ग्रहालय, रङ्गमञ्च, नाट्यशाला आदि स्थापना गर्ने,
(च) नेपालका विभिन्न जाति तथा समुदायका बाजा, वाद्य सामग्री तथा सङ्गीत संयोजन गर्ने साधनहरुको संरक्षण गने
(छ) नेपालका विभिन्न जाति तथा समुदायका मौलिक लोकधुन, लोकनृत्य तथा लोक सङ्गीतको अध्ययन, अनुसन्धान, सम्बद्र्धन र संरक्षण गर्ने,
(ज) नेपाली सङ्गीत तथा नाट्य विधालाई विश्व समक्ष परिचित गराउने,
(झ) सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने,
(ञ) सङ्गीत तथा नाट्य विधा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,
(ट) सङ्गीत तथा नाट्य विधाको विकास र विस्तार गर्न सम्बन्धित संघ, संस्था तथा व्यक्तिलाई प्रोत्साहन गर्ने,
(ठ) सङ्गीत तथा नाट्य विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव तथा प्रतियोगिता आयोजना गर्ने, गराउने,
(ढ) सङ्गीत तथा नाट्य विधासँग सम्बन्धित संघ संस्थासँग सम्बन्ध स्थापना तथा विस्तार गर्ने र त्यस्ता संघ संस्थाहरुसँग पारस्परिक सहयोग आदान प्रदान गर्ने,
(ण) लोकपक्षीय सङ्गीत र नाट्य कलाको उत्थान र विकास गर्ने, गराउने,
(त) यो ऐनको उद्देश्य पूरा गर्न अन्य आवश्यक काम गर्ने, गराउने ।